Logo

२०८३, आश्विन ९गते


images
images

बर्दघाटमा सहकार्यात्मक शिक्षण तालिम, शिक्षकहरूमा आत्मविश्वास र सीप अभिवृद्धि

बर्दघाटमा सहकार्यात्मक शिक्षण तालिम, शिक्षकहरूमा आत्मविश्वास र सीप अभिवृद्धि

images
  • बर्दघाटमा सहकार्यात्मक शिक्षण तालिम, शिक्षकहरूमा आत्मविश्वास र सीप अभिवृद्धि
    images
    images

    बर्दघाट । बर्दघाट नगरपालिकामा सम्पन्न सहकार्यात्मक शिक्षण कार्यशालाले सहभागी शिक्षकहरूमा आत्मविश्वास र शिक्षण सीपको विकास गराएको छ। चैत २१ देखि २३ गतेसम्म एससीडिसी नेपाल र स्कुल लाइफ इन नेपालको संयुक्त आयोजनामा आयोजित कार्यशालामा नगर क्षेत्रका १६ जना मेन्टर शिक्षकले प्रशिक्षण प्राप्त गरे।

    images
    images
    images

    कार्यशालाको प्रमुख सहजीकरण त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रकाश पौड्यालले गरेका थिए। तालिममा सहकार्यात्मक शिक्षणका व्यवहारिक विधि, नयाँ शिक्षकलाई मार्गदर्शन गर्ने रणनीति र समूहगत नेतृत्वका सीपमा अभ्यास गरियो।

    images
    images
    images

    समापन सत्रमा नगरप्रमुख शम्भुलाल श्रेष्ठले मेन्टर शिक्षकहरूलाई विद्यालयमै सहकार्यात्मक अभ्यास विस्तार गर्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने बताए। उनले एससीडिसी नेपाल र स्कुल लाइफ इन नेपालसँग सहकार्य गरेर कार्यक्रमलाई अझ विस्तार गरिने बताए।

    images
    images
    images

    कार्यक्रममा नगरका आठ विद्यालयका प्रधानाध्यापकले पनि सहभागिता जनाएका थिए। उनीहरूले आफ्ना विद्यालयमा सिकाइमैत्री वातावरण बनाउन अग्रसर हुने अठोट व्यक्त गरे।

    एससीडिसी नेपालका निर्देशक युवराज चापागाईंले शिक्षक परिवर्तनका संवाहक भएको उल्लेख गर्दै यस्ता तालिमले शिक्षण पद्धतिमा नयाँ सोच र ऊर्जा ल्याउने विश्वास व्यक्त गरे।

    तालिममा सहभागी मेन्टर शिक्षकले अब विद्यालयस्तरमै सिकाइको गुणस्तर सुधार गर्ने काममा लाग्ने प्रतिबद्धता जनाएका छन्। आयोजक संस्थाहरूले तालिमलाई अन्य विद्यालयसम्म विस्तार गर्ने तयारी गरिरहेको बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।