Logo

२०८३, आश्विन ९गते


images
images

ट्याक्स हेभन मुलुकमा १६ नेपालीको लगानी

ट्याक्स हेभन मुलुकमा १६ नेपालीको लगानी

images
  • सेतोमसी सहकर्मी
  • ट्याक्स हेभन मुलुकमा  १६ नेपालीको लगानी
    images
    images

    काठमाडौं। कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिसमेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

    images
    images
    images

     

    आईसीआईजेले ९० देशका ३ सय ३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको खुलासा गरेको हो ।

     

    प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे)को नेतृत्वमा १ सय १७ देशका ६ सय बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १ सय ४० बढी सञ्चारमाध्यम र सञ्चार संस्था सहभागी थिए ।

     

    प्यान्डोरा पेपर्सले खुलासा गरेको अफसोर खाता र सेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ ।

     

    गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिदबिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको आजको राजधानी दैनिकमा खवर छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्याक्स हेभन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।