Logo

२०८३, आश्विन १०गते


images
images

सगरमाथामा सम्मान तथा शुभकामना कार्यक्रम

सगरमाथामा सम्मान तथा शुभकामना कार्यक्रम

images
  • सगरमाथामा सम्मान तथा शुभकामना कार्यक्रम
    images
    images

    देवदह । सगरमाथामा आवासीय माध्यमिक विद्यालयमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ को बार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सम्मानसहित शुभकामना दिएका हुन्।

    images
    images
    images

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनीले विद्यार्थीको उच्च शिक्षा हासिल गरि सफलता प्राप्त गर्न शुभकामना दिँदै अध्यक्ष मरासिनीले लगनशील र मिहेनत गरे जस्तोसुकै अफ्ट्यारो परिस्थितिको पनि सहजै सामना गर्न सकिने भएकोले विद्यार्थीहरुलाई निरन्तर मिहेनत गर्न आग्रह गरे।

    images
    images
    images

    त्यस्तै संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले सगरमाथाले स्थापनाकालदेखीनै उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको र अहोरात्र विद्यार्थीको नतिजा उत्कृष्ट बनाउन विद्यालय लागिरहेको भनाई व्यक्त गरे। प्राचार्य पौडेलले आगामी दिनमा समेत विद्यार्थीको सिकाई स्तरलाई अझै परिस्कृत गर्दै लैजान प्रतिबद्धता व्यक्त गरेका थिए।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्लस टु संयोजक दिपेश विक्रम मल्ल, शिक्षकहरु बिमल तिवारी, प्रदीप अधिकारी, प्रकाश अधिकारी, कृष्ण न्यौपाने, कक्षा १२ का विद्यार्थीहरु शिक्षा पौडेल, पुर्णिामा पाण्डे, विवेक भुसालले मन्तव्य व्यक्त गरेका थिए।

    सोही अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो। कक्षा ११ का विद्यार्थी आकृति पाण्डेको संचालन, विद्यार्थी सौरभ तामाङको स्वागत र शिक्षक दामोदर सापकोटा र विद्यार्थी कृति न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।