Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति  श्रेष्ठको कांग्रेस रेसुङ्गा नगर सभापतिमा दावी

पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति  श्रेष्ठको कांग्रेस रेसुङ्गा नगर सभापतिमा दावी

images
  • पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति  श्रेष्ठको कांग्रेस रेसुङ्गा नगर सभापतिमा दावी
    images
    images

    गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति  हरि कुमार श्रेष्ठले रेसुङ्गा नगरपालिकाको सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । आइतबार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर उनले आफू रेसुङ्गा नगरपालिकाको नगर सभापतिमा उमेदवारी दिने घोषणा गरेका हुन् ।                   

    images
    images
    images


    विगत लामो समय देखि नेपाली काँग्रेसको राजनितीमा क्रियाशील रहेका श्रेष्ठ नेपाल विद्यार्थी संघमा पनि क्रियाशील उत्तिकै क्रियाशिल रहेका थिए । नेपाल पत्रकार महासंघ गुल्मीको संस्थापक अध्यक्षको रुपमा रहेर पत्रकारको हकहितका लागि काम गरेको, पत्रकार महासंघको भवन निर्माण गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको, विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर संस्थालाई माथि उठाउने काम गरेको, गुल्मीका सबै गाउँगाउँमा टोल सुधार समिति गठन गर्दा आफू खटिएर काम गरेको, सदरमुकाम तम्घासमा फोहोर व्यवस्थापनमा सक्रिय रहेर काम गरेको, निर्माण व्यवसायी संघको महासचिवको रुपमा काम गरिरहेको पत्रकार सम्मेलनमा उनले जानकारी गराएका छन् ।

    images
    images
    images


    आफू नेतृत्वमा रहेर काम गरेका दर्जनौं संघ संस्थाहरु अहिले राम्रोसँग अगाडि बढेकोले आफू नेतृत्व गर्न सक्षम भएको भन्दै नगरपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई आउँदो १९ गतेको पालिका अधिवेशनमा बहुमतका साथ जिताउन आग्रह गरेका छन् । 

    images
    images
    images

     

    आफू राजनितीमा कुनै आर्थिक लोभ र लालचले नभई सहयोगी भावनाले आउन चाहेको बताउँदै हरि कुमार श्रेष्ठले आफू  सभापतिको बलियो दाबेदार भएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।


    उनले संस्थापक अध्यक्ष बनेर नेतृत्व गरेको नेपाल पत्रकार महासंघ गुल्मी उनकै कारण र उनकै नेतृत्वले अहिले आफ्नै भवनमा रहेको छ । उनले सुरुमा महासंघको कार्यालय भाडामा बस्ने गरेकोमा सबैको सहयोग मागेर आफ्नै भवन निर्माणमा जुटेर भवन निर्माण गर्न सफल भएका थिए । अन्य सामाजिक संघसंस्थामा आबद्ध हुँदा पनि उनले हरेका संघसंस्थालाई माथि उठाएका छन् । 


    विगतका दिनहरुमा ब्यापार ब्यवसाय गर्दै आएका श्रेष्ठ राजनितिमा सक्रिय हुनका लागि ब्यापार समेत छाडेका छन् । निर्माण व्यवसायीको रुपमा काम गरिरहेका श्रेष्ठले आफ्नो व्यवसाय प्रक्रियागत रुपमा निरन्तर चलिरहने भएकोले आफु राजनितिमा सक्रिय हुन चाहेको बताएका हुन् । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाको वर्तमान सचिव समेत रहेका श्रेष्ठ अहिले आफू स्वाभबिक तरिकाले सभापतिको उमेदवार बन्नैपर्ने बताएका छन् ।


    नगरपालिकामा काँग्रेसको नेतृत्व छनोटमा सर्वसम्मत रुपमा मिलेर अगाडी बढ्न चाहेका श्रेष्ठले यो पटक आफुलाई सभापति बनाउन नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले पनि सहयोग गर्नुपर्ने बताउँछन् । नगरसभापतिमा जयश्वर पन्थी र गगन केसी पनि उमेदवार भएको बताउँदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।