Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षक आन्दोलन

शिक्षकहरूको सडक आन्दोलन सुरु : आज माइतीघरमा प्रदर्शन

शिक्षकहरूको सडक आन्दोलन सुरु : आज माइतीघरमा प्रदर्शन

images
  • शिक्षकहरूको सडक आन्दोलन सुरु : आज माइतीघरमा प्रदर्शन
    फाईल फोटो : शिक्षक आन्दोलन
    images
    images

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिने उद्देश्यसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित विरोध प्रदर्शन सुरु भएको छ।

    images
    images
    images

    आज दिउँसो विभिन्न स्थानबाट र्‍याली निकाल्दै शिक्षकहरू माइतीघर मण्डलामा भेला हुँदैछन्। अपराह्न ४ बजेसम्म जारी रहने प्रदर्शन पछि बानेश्वरतर्फ अघि बढ्नेछ। महासंघ देवदहका अध्यक्ष निर्मल ढुंगानाका अनुसार भोलिदेखि हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म माइतीघर–बानेश्वर सडकखण्डमा निरन्तर प्रदर्शन हुनेछ।

    images
    images
    images

    महासंघले विद्यालय शिक्षा ऐनलाई गुणस्तरीय, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलन गरिरहेको छ। पहिलो चरणमा विभिन्न तहका विरोध कार्यक्रम सम्पन्न भइसकेका छन् भने दोस्रो चरणको आन्दोलन अन्तर्गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन घोषणा गरिएको हो।

    images
    images
    images

    शिक्षक महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्रअगाडि रिले अनशन गर्दै आएको थियो। तर, सरकारको बेवास्ताका कारण आन्दोलनलाई थप सशक्त बनाउन बाध्य भएको महासंघको भनाइ छ। महासंघका अनुसार विद्यालय शिक्षामा देखिएका समस्या समाधान नगरी नयाँ शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहनेछ।

    यसैबीच, महासंघले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षालाई उपेक्षा गर्नु सरकारका लागि लज्जास्पद भएको भन्दै महासंघले विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

    देवदह नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरू पनि आन्दोलनमा सहभागी हुँदैछन्। नेपाल शिक्षक महासंघ, देवदह नगरसमितिले २०८१ चैत्र २० गतेदेखि विद्यालयहरू बन्द गरी आन्दोलनलाई साथ दिन आह्वान गरेको छ। प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिलाई आन्दोलनमा सक्रिय रूपमा सहभागिता जनाउन अनुरोध गरिएको छ।

    महासंघले नगरप्रमुख, वडाध्यक्ष, राजनीतिक दल, पेशागत संघ-संस्था, पत्रकार तथा शिक्षासँग सम्बन्धित सबै निकायलाई सहयोगका लागि आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।