Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

गृहमन्त्रीले राजीनामा गर्नुपर्छ : रास्वपा सांसद गौतम

गृहमन्त्रीले राजीनामा गर्नुपर्छ : रास्वपा सांसद गौतम

images
  • गृहमन्त्रीले राजीनामा गर्नुपर्छ : रास्वपा सांसद गौतम
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन् ।

    images
    images
    images

    उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताईन् । गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताईन् । 

    images
    images
    images

    गौतमले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताईन् । उनले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भइ नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो । 

    images
    images
    images

    ‘आगो नलाग्नुपर्ने ठाउँहरुमा पनि लागेको छ । प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन । त्यहाँ सरकार चुकेको छ, गोली लागेको कुरा छ ।’ उनले भनिन्, ‘भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन, उहाँहरुले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ ।’ सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताउनु भयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।