काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
सोमबार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।
यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology