काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र कार्यकारी निर्देशकमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेको छ ।
चैत ११ गते सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्च अदालत गएका थिए । शाक्य भने चार वर्षअघि आफू बर्खास्तीमा परेको रिटको छिटो सुनुवाइको माग गर्दै अर्को रिट लगेर चैत ११ गते नै सर्वोच्च गएका थिए ।
यसअघि शुक्रवार चैत १५ गते अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा कारण देखाऊ आदेश दिँदै अन्तरिम आदेशको छ्लफलका लागि आज बोलाएको थियो । दुवैको रिटको राउत र सुवेदीको इजलासले आज सुनाइ गर्नेछ । शाक्यको भन्दा घिसिङको रिट अगाडि छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology