Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

नजरबन्दमा रहेका सु्वेदीको चेतावनी : पूर्व राजा विरुद्ध कुनै कदम नचालियोस्

नजरबन्दमा रहेका सु्वेदीको चेतावनी : पूर्व राजा विरुद्ध कुनै कदम नचालियोस्

images
  • नजरबन्दमा रहेका सु्वेदीको चेतावनी : पूर्व राजा विरुद्ध कुनै कदम नचालियोस्
    images
    images

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने या नजरबन्दमा राख्ने भन्ने समाचारबारे ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले विरोध गरेका छन् ।

    images
    images
    images

    शनिवार बिहान एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएकाले त्यस अनुरूप कदम चालिएमा देशभरबाट आम नागरिकहरू स्वतः स्फूर्त विरोधमा उत्रने सुवेदीले चेतावनी दिएका छन् ।

    images
    images
    images

    चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौँको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा  संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित  घुसपैठ गराइएको सुवेदीले विज्ञप्तिमा बताएका छन् । त्यसपछि प्रहरी दमनका कारण सभा बिथोलिएको उनको दाबी छ ।

    images
    images
    images
    bigyapti.jpg

    आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रम पश्चात् जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शमशेर राणा तथा प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाईसमेत घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नजरबन्द
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।