Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

गण्तन्त्रवादीहरुले जनअपेक्षा अनुसार काम नगर्दा प्रतिगामी तत्व सल्बलाए : अध्यक्ष दाहाल

गण्तन्त्रवादीहरुले जनअपेक्षा अनुसार काम नगर्दा प्रतिगामी तत्व सल्बलाए : अध्यक्ष दाहाल

images
  • गण्तन्त्रवादीहरुले जनअपेक्षा अनुसार काम नगर्दा प्रतिगामी तत्व सल्बलाए : अध्यक्ष दाहाल
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्तन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरुले टाउको उठाउने दुःशाहस गरेको भन्दै आत्मआलोचना गरेका छन् । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दालालले जनचाहानाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्वहरु सक्रिय भएको भन्दै आत्मआलोचना र आत्मसमिक्षा गरे । 

    images
    images
    images

    उनले विगतका गल्तीबाट पाठ सिक्दै जनता, शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते र बेपत्ता पारिएका परिवारका सपना पूरा गर्ने भन्दै अर्को क्रान्तीको घोषणा गरे । उनले गणतन्त्रमा गरेका कमजोरीहरुलाई सच्याउँदै लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्नको लागि नयाँ आन्दोलन एवं क्रान्तीको आवश्यकता रहेको बताए । 

    images
    images
    images

    ‘सायद हामी गणतन्त्रवादीहरुले जनताका आशा अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरुले पनि टाउको उठाउने दुस्साहस गर्न पाए ।’ उनले भने, ‘अरुलाई गाली गर्नुभन्दा पहिले म सम्पुर्ण जनसमूदायसँग गणतन्त्रवदी नेताको हैसियतले पहिला आत्म आलोचना गर्न चाहान्छु, आत्मसमिक्षा गर्न चाहन्छु ।’

    images
    images
    images

    प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न चेतावनी दिए । नेपाललाई २४० वर्षसम्म संसारको सबैभन्दा गरिब देश बनाउनेहरुलाई नेपाली जनताले छुट नदिने समेत उनको दाबी छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।