Logo

२०८३, श्रावण २७गते


images
images

लोकतान्त्रिक व्यवस्था संसारकै उत्तम, राजतन्त्र ल्याउँछौ भन्नु कुतर्क : रज्जाक

लोकतान्त्रिक व्यवस्था संसारकै उत्तम, राजतन्त्र ल्याउँछौ भन्नु कुतर्क : रज्जाक

images
  • लोकतान्त्रिक व्यवस्था संसारकै उत्तम, राजतन्त्र ल्याउँछौ भन्नु कुतर्क : रज्जाक
    images
    images

    देवदह ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले लोकतान्त्रिक व्यवस्था संसारकै सबै भन्दा उत्कृष्ट रहेको बताएका छन् । उनले लोकतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्के बताए ।

    images
    images
    images

    नेपाली काङ्ग्रेस देवदह नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका रज्जाकले पछिल्लो समय पुर्वराजाको नाममा केहि तत्वहरु राजतन्त्र फर्काउँछौं भन्दै हिँडेपनि त्यो सम्भव नभएको उल्लेख गरे । उनले वर्तमान व्यवस्थामा केहि कमि कमजोरी भए सच्याउन सकिने तर २० बर्ष अघि जनताले फालेको व्यवस्थालाई फर्काउने कुतर्क गर्न नहुने बताए । 
    राज्यले हरेक वर्गलाई हेर्ने दृष्टिकोण समान हुनुपर्ने बताउँदै उनले कतिपय अवस्थामा राज्यसँग नागरिकले गरेको गुनासोलाई नकारात्मक रुपले हेर्न नहुने जिकिर गरे । रज्जाकले राज्यले दिने आरक्षण जातिय आधारमा नभई वर्गिय आधारमा हुनुपर्ने तर्क गरे ।
    कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसले अब क्रियासिल सदस्यता वितरणमा नियन्त्रण गर्नुपर्ने तर्क गरे । उनले पद प्राविधिक मात्र भएको बताउँदै सबैलाइ समान व्यवहार गर्न र समाजमा लोकप्रिय हुन कांग्रेस कार्यकर्तालाइ निर्देशन दिए । 

    images
    images
    images

    हरेक नागरिक उत्पादनमा जोडिनुपर्ने उल्लेख गर्दै प्रदेश सभापति पुनले नेपाली कांग्रेसका हरेक कार्यकर्तालाई सकारात्मक सोँचको विकास गर्न आग्रह गरे ।  उनले देशका हरेक परिवर्तनमा कांग्रेसको भुमिका महत्वपूर्ण रहने भन्दै वर्तमान व्यवस्था विरुद्धमा भईरहेका गतिविधिलाई चिर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    images
    images
    images

    उक्त अवसरमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले कुलमानले उद्योगको लाइन काटी जनतालाइ बाँडेर हाइहाइ पाएको आरोप लगाए । उनले कुलमानकै कारण कैयौं उद्योगहरु बन्द भएको उल्लेख गर्दै देश आर्थिक रुपमा टाट पल्टिएको दावी गरे । कुलमानले सरकारलाइ नटेरेर कार्य सम्पादन फारम नभरेकै कारण शून्य नम्बर पाएको बताउँदै कर्मचारी हटाउने या राख्ने भन्ने काम सरकारको भएको बताए । खाँडले कुलमानलाइ मिडियाले अनावश्यक उचालेर हाइलाइट गरेको समेत आरोप लगाए ।

    nagar sabha-min.JPG

    कांग्रृेस नगर सभापती गुनाखर भुर्तेलको सभापतित्व, उपसभापति अमर लामिछानेको स्वागत तथा सचिव द्धय नेत्र रिजाल र गणेश तिमिल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा सांगठनिक, समसामयिक प्रतिवेदन तथा कोषाध्यक्ष नविन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    kaaruakarta-min.JPG

    कार्यक्रममा जिल्ला सचिव हरि काफ्ले, जिल्ला सह सचिव बासुदेव रिमाल, क्षेत्रिय सभापति हिराबहादुर खत्री, नविनराज आचार्य, पूूर्व नगर सभापति विश्वनाथ यादव, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, महासमिती सदस्य एकबहादुर सुनार, कृष्णमाया राना लगाएतले बोल्दै पार्टीले तत्लो तहका कार्यकर्ताको गुनासो र मनोभावना बुझेर काम गर्नुपर्ने बताए । 

    कार्यक्रममा चन्द्रकान्त पराजुली, प्रसान्त रिमाल, दिपक भुषाल, दुर्गा बस्याल, महादेव प्रसाद अधिकारी, पुरन अहिर, पर्शुराम न्यौपाने लगाएतका कार्यकर्ताले पार्टी पक्तिलाई जनमुखि काम गर्न सुझाव दिए । 
       

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।