Logo

२०८३, कार्तिक २६गते


images
images

प्रतिपक्षीले प्रतिस्थापन विधेयक पास हुन नदिन संसद अवरुद्ध पारेर मुलुकलाई कानूनविहिनतामा धकेल्न खोज्यो : प्रधानमन्त्री

प्रतिपक्षीले प्रतिस्थापन विधेयक पास हुन नदिन संसद अवरुद्ध पारेर मुलुकलाई कानूनविहिनतामा धकेल्न खोज्यो : प्रधानमन्त्री

images
  • प्रतिपक्षीले प्रतिस्थापन विधेयक पास हुन नदिन संसद अवरुद्ध पारेर मुलुकलाई कानूनविहिनतामा धकेल्न खोज्यो : प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरुले प्रतिस्थापन विधेयक पास हुन नदिनको लागि सदन अवरुद्ध पारेको आरोप लगाएका छन् । बिहीवार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताए । 

    images
    images
    images

    उनले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरु यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने बताए । प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानूनविहिनतामा अगाडि बढ्ने उनको तर्क छ । विद्युत प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंशा गरिएको समेत उनले बताए । 

    images
    images
    images

    ‘ननइस्युलई इस्यु बनाएर संसद चल्न नदिनु । अध्यादेशहरु यो १८ गतेभित्र राष्ट्रपतिबाट हस्ताक्षर भएनन् भने त्यो असफल हुन्छ । फेरि कानूनविहिनतामा देश पस्छ ।’ उनले भने, ‘यो दुई महिनामा हामीले कानून अगाडि बढाइसकेका थियौं । फेरि कानून बिहिनतामा देश पस्छ भन्ने कुरा बुझिकन अदालतालाई दवाव दिनका लागि एउटा कर्मचारीका पक्षमा के के न अन्याय भयो भनेर झुटो प्रशंसा र झुटो गाली गर्ने काम गरियो ।’  

    images
    images

    प्रतिपक्षी दलहरुले जानी जानी मुलुकलाई कानूनहरुबाट भ्याकुममा राख्ने काम गरिएको प्रधानमन्त्री ओलीको टिप्पणी छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।