Logo

२०८३, श्रावण २७गते


images
images

प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ : कांग्रेस सांसद थापा

प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ : कांग्रेस सांसद थापा

images
  • प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ : कांग्रेस सांसद थापा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गरेका छन् । बिहीवार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले जनचाहाना अनुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार आम नागरिकलाई भएको कारण व्यवस्था परिवर्तनको आवश्यकता नरहेको बताए । 

    images
    images
    images

    उनले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षा अनुसार काम गर्न नसके जनताले स्वीकार नगर्ने भन्दै सबैले जनहितमा काम गर्न जरुरी रहेको उल्लेख गरे । सांसद थापाले एकथरी पार्टीहरु मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै काम गर्न कुनै वर्ष कुर्न नपर्ने बताए । 

    images
    images
    images

    ‘नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ नत व्यवस्था परिवर्तनको आवश्यकता छ । न यहाँ राजाको आवश्यकता छ न कुनै रानीको आवश्यकता छ । प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ ।’ उनले भने, ‘त्यसकारण तपाईहरु सबै राजा हुनुहुन्छ । तपाईहरु सबै उत्कृष्ट नागरिक हुनुहुन्छ । तपाईहरुले लोकतन्त्रको अधिकतम् प्रयोग गर्न पाउनुहुन्छ ।’

    images
    images
    images

    मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै उनले संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।