देवदह । सिता माध्यामिक विद्यालयमा पोशाक वितरण गरिएको भएको छ । अमेरिका सेवा समाज डल्लासका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले समाजका कानुनी सल्लाहाकार स्व.कमल शर्माको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरिएको र सोही कोषबाट संस्थाले सहयोग गरेको बताए ।
विद्यालयले अक्षयकोष दाताहरुले दान गरेको अ्रक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारले विद्यालयमा दिईएको दानमा पारदर्शिता अपनाईने बताए । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सवैले हातेमालो गर्न जरुरी रहेको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षाको लागि सामाजिक संघसंस्थाबाट प्राप्त सहयोग महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै २०६७ साल मंसीर ७ गते स्व.दशरथमुनी शाक्यको स्मृतिमा सुरेन्द्रमुनी शाक्यले १० हजार दिई अक्षयकोषको शुरुवात भएको विद्यालयका पूर्व प्रधानाध्यापक महेश कुमार थैबले जानकारी दिए । थैवका अनुसार हालसम्म हस्त बहादुर थापाले दुई लाख एक हजार एक सय एक, स्व. धन बहादुर बुर्तिबाङ्गेले एक लाख १० हजार एक सय ५१ रुपैयाँ प्रदान गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीले विद्यालयको कोषमा सहयोग गर्नेहरूको नाम स्मरण गरे । उनका अनुसार डिवि रायमाझीले १० हजार, उमाकान्त अधिकारीबाट ११ हजार १ सय ११,मनकुमारी रानाबाट ११ हजार १ सय ११,दिपक पाण्डेयबाट १० हजार पाँच, कुमार परियारबाट १० हजार, पदम आलेबाट १० हजार, तारा परियार १० हजार ४ सय ५०, शोभाकुमारी पराजुलीबाट १० हजार, भगवती खनालबाट ५ हजार १ सय ५, सुनिता रसाइलीबाट ५ हजार ५ सय ५, मनिषा विकबाट ५ हजार ५ सय ५, रम्बा रानाबाट १० हजार, सुमित्रा पोखरेलबाट ५ हजार ५ सय ५, हेम बहादुर परियाबाटर ५ हजार, लक्ष्मी पौडेलबाट १० हजार ५ गरी जम्मा १ लाख २० हजार ४ सय ५२ रुपैयाँ संकलन भएको छ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पुरुषोत्तम ज्ञवाली, लुम्बिनी सेवा समाज अमेरिकाका कोषाध्यक्ष दिपक भण्डारी, समाजका पूर्व सल्लाहाकार तथा नेपाल प्रतिनिधी दिपक प्रधान, शिक्षक अभिभावक संघका संयोजक कुमार परियार, जनप्रिय माविका अध्यक्ष अमर लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology