देवदह । नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह नगर कमिटीले निरंकुश प्रतिगमन बिरुद्ध सचेतना अभियान सम्पन्न गरेको छ । पार्टी केन्द्रको निर्णय अनुसार रुपन्देहीको देवदह क्षेत्रका विभिन्न ६ वटा स्थानमा प्रतिगमन विरुद्ध सचेतना जागरण अभियान संचालन गरेको पार्टीका नगर अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत देवदह–५, खैरेनी चोकमा भएको जागरण सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य शिवराज सुवेदीले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकलाई समान अधिकार हुनुपर्ने बताए । उनले प्रत्येक व्यक्तिले स्वतन्त्र रूपमा बोल्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरे । उनले इतिहासलाई स्मरण गर्दै, जव÷जब कम्युनिष्टहरू सत्तामा पुगेका छन्, तब÷तब विकासले गति लिएको दावी गरे ।
नेता सुवेदीले नागरिक स्वतन्त्रताको लागि गरिएको क्रान्तिलाई कसैले नकार्न नसक्ने स्पष्ट पार्दै, एमालेले कुनैपनि अन्याय सहन तयार नरहेको धारणा व्यक्त गरे। जनता बीच विभाजन र द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै उनले समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
यसैगरी देवदह–७, शितलनगरमा भएको जागरण अभियानमा बोल्दै पार्टी अनुशासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपानेले बाहिर जसरी हल्ला गरेपनि नेपालमा राजसंस्था पुनःस्थापित हुन नसक्ने दावी गरे । उनले संविधान संशोधन र स्थिर सरकार निर्माणको लागि एमाले र काग्रेसको संयुक्त सरकार गठन भएको दावी गरे ।
जागरण अभियान अन्र्तगत शंकरपुरमा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य अजय रौनियार, ६ नम्वर चोकमा भएको कार्यक्रममा जिल्ला सदस्य प्रजापति सापकोटा, भवानीपुरमा भएको कार्यक्रममा जिल्ला सदस्य चक्रपानी तिवारी, भलुहीमा भएको कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य डिल्लीराज पन्थ, ऋषिराम सापकोटा लगायतले सम्बोधन गरेका थिए ।
इतिहासको तुलनात्मक अध्ययन गर्दै आम नागरिकलाई भ्रमबाट मुक्त गराउन, देश भित्र मडारिन खोजेको कालो बादल हटाई उज्यालो भविष्य र गन्तव्य देखाउनको लागि जागरण अभियान सञ्चालन गरिएको क्षेत्रीय कमिटीका सहसंयोजक प्रकाश अर्यालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology