काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्र उद्योग सम्भावनायुक्त क्षेत्र भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चलचित्र उद्योग अरू उद्योगहरूजस्तै समस्यामा रहेको उल्लेख गरे।
उनले चलचित्र उद्योगको अवस्थाले समग्र देशको अर्थतन्त्रमा प्रभाव पारिरहेको बताए। अहिलेको आर्थिक परिवेशमा अतिरिक्त खर्च गर्ने क्षेत्र भएकाले चलचित्र उद्योग समस्याग्रस्त रहेको उनको धारणा छ।
मन्त्री पाण्डेले विगतको तुलनामा चलचित्र उद्योग धेरै विकसित भएको बताउँदै भने, "अन्य उद्योगहरू र उद्यमीहरू जस्तै यो क्षेत्र पनि कठिन अवस्थामा छ। खान र लगाउन मानिसहरू जसरी पनि खर्च गर्छन्, तर मनोरञ्जनमा खर्च गर्ने निर्णय आर्थिक क्षमतासँग प्रत्यक्ष जोडिएको हुन्छ। त्यसैले चलचित्र क्षेत्र समस्यामा परेको देखिन्छ। दर्शक संख्या घटेको र उद्योगले चुनौती सामना गरिरहेको समाचारहरू सुनिन्छन्, जुन देशको समग्र आर्थिक अवस्थासँग गाँसिएको छ।"
उनले गुणस्तरीय चलचित्र निर्माण गर्न सके चलचित्र उद्योगको भविष्य उज्ज्वल हुने धारणा राखे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology