Logo

२०८३, श्रावण ३०गते


images
images

चलचित्र

देश दौडाहामा ‘आउटल : दफा २१९’

देश दौडाहामा ‘आउटल : दफा २१९’

images
  • देश दौडाहामा ‘आउटल : दफा २१९’
    images
    images

    बुटवल । गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ। पश्चिमदेखि पूर्वसम्म देश दौडाहामा रहेको फिल्म युनिटले बुटवलका दर्शकसँग साक्षात्कार गरेको छ।

    images
    images
    images

    प्रदर्शनको सुरुवाती चार दिनमै राम्रो ग्रस कलेक्सन गरेको फिल्मले आठौं दिनसम्म पनि उत्साहजनक व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। निर्माता अमित अग्रहरीका अनुसार फिल्मको फिडब्याक निकै सकारात्मक छ, जसले ‘आउटल : दफा २१९’ को दोस्रो भाग बनाउन प्रेरित गरेको छ।

    images
    images
    images

    फिल्मका नायक सुशिल श्रेष्ठले सामाजिक सञ्जालमा फिल्मको राम्रो माउथ पब्लिसिटी भइरहेको भन्दै दर्शकको माया फेरि पाएको अनुभूति व्यक्त गरे। "मैले बुटवलबाटै फिल्म क्षेत्रमा डेब्यु गरेको हुँ। यहाँका दर्शकको साथ् अझै विशेष लाग्छ," उनले भने। उनका अनुसार दर्शकको अपार माया र समर्थनले फिल्म नेपाली बक्स अफिसमा नयाँ इतिहास बनाउने संकेत गरिरहेको छ।

    images
    images
    images

    बिहीबार आठौं दिनमा प्रदर्शनरत फिल्मबारे निर्देशक विक्की महर्जनले कथावस्तु दमदार भएकैले दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए। "फिल्मले अझै केही दिन हलमा आफ्नो स्थान जमाउनेछ। आगामी दिनमा पनि दर्शकको साथ पाइनेमा म आशावादी छु," उनले भने।

    सामाजिक कथामा एक्सन मिसाएर न्यायको विषय उठान गरिएको ‘आउटल : दफा २१९’ मा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला प्रमुख भूमिकामा छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चलचित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।