Logo

२०८३, आश्विन १०गते


images
images

एसइई

'एसइई' आजदेखि सुरु, ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

'एसइई' आजदेखि सुरु, ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

आज अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत रचना र अनिवार्य अरेबिक भाषा विषयको परीक्षा
images
  • 'एसइई' आजदेखि सुरु, ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै
    फाईल फोटो
    images
    images

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा एकसाथ सुरु हुनेछ।

    images
    images
    images

    आज परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमका विद्यार्थीले अनिवार्य संस्कृत रचना, र मदरसा प्रणालीका विद्यार्थीले अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिनेछन्।

    images
    images
    images

    यो वर्ष एसइईमा ५,१४,०७१ परीक्षार्थी सहभागी हुँदैछन्। गत वर्ष २०८० को परीक्षामा ४,६४,७८५ विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थी सङ्ख्या ४९,२८६ ले वृद्धि भएको बोर्डले जनाएको छ।

    images
    images
    images

    १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष र २० विद्यार्थी बराबर १ निरीक्षक रहनेछन्। ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नखटाइनेछ।

    चैत ८ गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीका लागि इलेक्टिभ अङ्ग्रेजीको परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्र विषयको परीक्षा हुनेछ। चैत १३ गते अनिवार्य सामाजिक, चैत १४ गते ऐच्छिक प्रथम, चैत १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ।

    बोर्डले एसइईको नतिजा असार ७ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यस वर्ष पनि लेटर ग्रेडिङ प्रणाली लागू हुनेछ। न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। २०८० सालमा मात्र ४८ प्रतिशत विद्यार्थी पास भएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।