Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस अधिवेशन : मालिका सभापतिमा छायाँ सरकार प्रमुख अर्यालको उम्मेदवारी 

कांग्रेस अधिवेशन : मालिका सभापतिमा छायाँ सरकार प्रमुख अर्यालको उम्मेदवारी 

images
  • कांग्रेस अधिवेशन : मालिका सभापतिमा छायाँ सरकार प्रमुख अर्यालको उम्मेदवारी 
    images
    images

    गुल्मी । नेपाली कांग्रेस गुल्मीको १४ औ महाधिवेश अन्तर्गत गुल्मीका ९३ वटा वडाको अधिवेशन सम्पन्न भएसङ्गै अहिले गुल्मीमा स्थानीय तह गाउँ नगर अधिबेसनको तयारी जुटेको छ । 

    images
    images
    images

    गुल्मीको मालिका गाउँपालिकाबाट सभापतिको लागि सोही गाउँपालिका वार्ड न ४ का उपेन्द्र अर्यालले गाउँपालिकाबाट सभापतिमा उमेदवार दिएका छन्  । 

    images
    images
    images

    २०५१ सालमा नेपाल विद्यार्थी संघमा संगठित भएर राजनीति सुरु गरेका अर्याल स्थानीय चुनाव २०७४ मा मालिका गाउँपालिका ४ अर्खावाङको  नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए । हाल उनी नेपाली कांग्रेसले बनाएको मालिका गाउँपालिका छायाँ सरकार प्रमुख छन् ।  

    images
    images
    images


    अग्रजको सम्मान, युवाहरुको क्रियाशीलता र आम नागरिकहरूको पार्टी प्रति सकारात्मक चिन्तनलाई सिरोपर गरी समृद्ध मालिकाको लागि सबल कांग्रेस निर्माणमा अनवरत रुपले लाग्ने प्रण गरेर उम्मेदवारी दिएको उनको भनाइ छ ।


    मालिका गाउँपालिकाकाे अधिवेशनमा पार्टीको तर्फबाट सभापतिमा अहिलेसम्म अरु कसैले उम्मेदवारी घोषणा गरेका छैनन् । यद्यपि अरुको पनि उम्मेदवारी पर्ने आंकलन गरिएको छ । 

    अर्याल छायाँ सरकार प्रमुख,  युवा तथा जुझारु र परिपक्क नेता पनि भएकोले उनको  सभापति उम्मेदवारी घोषणाको छुट्टै वजन रहने उनी निकट कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।