देवदह । देवदह नगरपालिका वडा नं ९ ले राष्ट्रपति चुरे तराइ मधेश संरक्षणसंग तीन करोड रूपैयाँ माग गरेको छ । चुरेको कार्यक्रम कार्यन्वयन ईकाई बुटवलसंग तटबन्धनको लागि वडाले तीन करोड माग गरेको हो ।
देवदह नगरपालिकाको वडा नं ९ भलुही क्षेत्र भएर बग्ने भलुही खोलाले वर्षेनी कटान गरिरहेकोले तत्कालै तटबन्धन गर्न आयोजना माग गरिएको वडा अध्यक्ष मोहन जिसीले सेतोमसीलाई बताए ।
"बस्तीहरू बाढीको उच्च जोखिममा छन् ।" उनले भने "भलुही खेलमैदानको उत्तरतर्फ भलुही खोला र खेलमैदानमा तटबन्धन गर्न दुई करोड र भलुही खोलामा तटबन्धन बाघकुमार एक करोड गरी वडाले दुई वटा आयोजनालाई तीन करोड माग गरेका छौं ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology