बुटवल । तिलोत्तमा व्यापार संघ रुपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम बिहिवार मणिग्राममा सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा संघले प्रकाशन गरेको २०८२ सालको भित्ते पात्रो समेत विमोचन गरिएको छ ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष एवम् लुम्बिनी प्रदेश चेम्वर अफ कमर्सका कार्यवाहक अध्यक्ष जेपी कंडेलले पर्वहरुले संस्कार र अनुशासन सिकाउने भएकाले आफ्नै महत्व रहेको बताए । उनले सामाजिक सद्भावको पर्व होलीले व्यावसायिक एकताको वातावरण नर्माण गर्न सकोस् भन्ने शुभकामना दिंदै संस्थागत विकासमा सबै व्यवसायीहरु हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले फागु पर्व (होली) को ऐतिहासिकताबारे चर्चा गर्दै मेलमिलाप र आत्मीयता बढाउन संघले हरेक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष मिनप्रसाद पोखरेल, संघका सल्लाहकार इ. दुजेन्द्र बस्नेत, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, महासचिव चेतनारायण विश्वकर्मा लगायतले उद्योगी ब्यापारीहरुका धेरै समस्या हुँदाहँुदै पनि अगाडि बढ्नुपर्ने बाध्यता रहेकोले आशावादी भएर लाग्न सुझाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology