देवदह । सिमेन्ट उद्योगीले भारी मूल्यवृद्धि गरेको भन्दै तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपैयाँसम्म अप्रत्यासितरुपमा मूल्यवृद्धि गरेको प्रति संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तीमा केही उद्योगहरुको मिलेमतोमा बिना कुनै कारण क्लिङ्करको मूल्यवृद्धि भएको बहाना बनाई सिमेन्टको मुल्य मनोमानि रुपमा बढाइएको उल्लेख छ ।
मूल्यवृद्धिले आम उपभोक्ताको चरम आर्थिक शोषण गर्ने काम भएको समेत विज्ञप्तीमा जनाइएको छ । संघले तत्काल बढेको मूल्य फिर्ता गर्न समेत उद्योगीहरुको ध्यानाकर्षण गराएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology