Logo

२०८३, श्रावण २७गते


images
images

प्रचण्डलाई राप्रपाको चेतावनी : भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्

प्रचण्डलाई राप्रपाको चेतावनी : भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्

images
  • प्रचण्डलाई राप्रपाको चेतावनी : भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरंगित हुनु खुशीको कुरा भएको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरु राखेको भन्दै आपत्ति जनाए । 

    images
    images
    images

    भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्ने कुराको हेक्का राख्न चेतावनी दिदै उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गरे । अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने उनको दावी छ ।  ‘आज सदन राजाको नामले तरंगित छ, यो अति खुशीको कुरा हो, हामी हर्षित छौँ । ’ उनले भने, ‘आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन ।’  

    images
    images
    images

    राप्रपा सांसद प्रधनले आफूहरुले राम्रोसँग संविधान अध्ययन गरेको बताउँदै राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने उल्लेख गरे । अरुको बुइ चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने उनको भनाई थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।