Logo

२०८३, श्रावण २७गते


images
images

जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ: राष्ट्रपति पौडेल

जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ: राष्ट्रपति पौडेल

images
  • जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ: राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन्।

    images
    images
    images

    भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उदघाटन गर्दै उनले जलवायु न्यायको मुद्धालाई विश्वजगतमा पुर्याउनुपर्ने बताए।

    images
    images
    images

    राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपत्को व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे।

    images
    images
    images

    उनले विश्वका अतिशय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्वन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन् बढी असर परेको पनि उल्लेख गरे।

    राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको र विगत तीन दशकको अवधिमा हिमालयमा रहेका हिमनदीहरूको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरू विस्फोटनको सँघारमा रहेको बताए। उनले अतिवृष्टिबाट हुने जलप्रकोप, पहिरो र भूक्षयबाट बर्षेनी थुप्रै जनधनको क्षति भइरहेको स्मरण गराए।

    उनले हिमालय पर्वत श्रृङ्खलामा बेलबेलामा गइरहने भूकम्प पनि नेपालको विकास निर्माणका लागि समस्याको रूपमा रहेको बताउदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्पसम्बन्धी पूवानुमान गर्न सकिने संयन्त्र आजपर्यन्त पत्ता लगाउन नसकिएको बताए।

    राष्ट्रपति पौडेलले भने,’२०७२ सालमा महाभूकम्प गएको एकदशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको मीमांसा पनि यस सम्मेलनमा गरिने भएकाले यसको महत्व विशेष रूपमा रहेको छ भन्ने मैले ठानेको छु।’

    राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानीखनिजको अवस्थिति, अन्वेषण, भूविपत्, जलवायु परिवर्तन र भौतिक पूर्वाधारको विकासमा भू-विज्ञानको प्रयोगका बारेमा विशद् विमर्श हुने विश्वास व्यक्त गरे।

    प्राकृतिक स्रोतको उत्खनन्, सदुपयोग र बजार ब्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न यो सम्मेलन उपयोगी हुनेछ भन्ने राष्ट्रपति पौडेलको अपेक्षा थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।