Logo

२०८३, आश्विन ९गते


images
images

परियारलाई रमेश हरिलठ्ठक सम्मान, समज्ञालाई प्रोत्साहन पुरस्कार

परियारलाई रमेश हरिलठ्ठक सम्मान, समज्ञालाई प्रोत्साहन पुरस्कार

images
  • परियारलाई रमेश हरिलठ्ठक सम्मान, समज्ञालाई प्रोत्साहन पुरस्कार
    images
    images

    देवदह । धनकुटाका शृष्टा रोशन परियारलाई रमेश स्मृति सम्मान-२०८१ प्रदान गरिने भएको छ । साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापना गरिएको पुरस्कार परियारलाई प्रदान गर्ने निर्णय भएको रमेश स्मृति कोष, नेपालले जानकारी दिएको छ।

    images
    images
    images

    कोषले हरेक वर्ष नेपाली भाषा-साहित्यमा सक्रिय साहित्यकारलाई सम्मान गर्दै आइरहेको छ । छनौट समितिले परियारलाई सम्मान प्रदान गर्ने निर्णय लिएको संयोजक दीप मिलनले जानकारी दिए ।

    images
    images
    images

    यसै वर्षदेखि कोषले प्रोत्साहन पुरस्कार पनि प्रदान गर्ने निर्णय लिएको छ । यस वर्षको प्रोत्साहन पुरस्कार देवदहकी समज्ञा अधिकारीलाई प्रदान गर्ने निर्णय भएको संयोजक मिलनले बताए ।

    images
    images
    images

    साहित्यिक तथा सामाजिक संस्था उज्यालो लालटिन प्रतिष्ठानको संस्थापक सदस्य समज्ञा अहिले सोही संस्थामा अध्यक्ष छन् । समाजसेवा, साहित्य र युवा सशक्तीकरणका मुद्दामा सक्रिय समज्ञा‍लाई अझ प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने निर्णय भएको कोषको भनाइ छ।

    सम्मान तथा पुरस्कार वितरणको मिति र स्थान भने अझै तय भएको छैन । 

    हरिलठ्ठक आधुनिक गजल लेखनमा सक्रिय थिए । २०३७ सालमा जन्मिएका उनको २३ वर्षको अल्पायुमा निधन भएको थियो । हरिलट्ठकको ४४औँ जन्मजयन्तीका अवसरमा पुरस्कार प्राप्त गर्ने साहित्यकारको नाम कोषले सार्वजनिक गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।