काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकार सुनिश्तिता गर्न कानून कार्यान्वयनका लागि गृह मन्त्रालयका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गरेका छन् ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले स्रोत र साधनको सिमितताको बीच कार्यसम्पादन गर्न परिरहेको हुँदा कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको समेत बताए ।
जनताले अनुभुत गर्नेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भिर भएर काम गरिरहेको उनको दावी छ । मन्त्री लेखकले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको समेत उल्लेख गरे ।
उनले मुलुकमा सुशासन र विधिको साशन कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology