Logo

२०८३, श्रावण २७गते


images
images

भारतको जिडिपी वृद्धिदर ६.२ प्रतिशत पुग्यो

भारतको जिडिपी वृद्धिदर ६.२ प्रतिशत पुग्यो

images
  • भारतको जिडिपी वृद्धिदर ६.२ प्रतिशत पुग्यो
    images
    images

    काठमाडौं। आर्थिक वर्ष २०२४÷०२५ मा भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६.२ प्रतिशतको दरले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार तेस्रो त्रैमासिकमा दर्ता गरिएको जिडिपी वृद्धि दोस्रो त्रैमासिकमा दर्ता गरिएको ५.६ प्रतिशतबाट बढेको हो । 

    images
    images
    images

    वास्तविक जिडिपीले आर्थिक वर्ष २०२४÷०२५ को तेस्रो त्रैमासिकमा ६.२ प्रतिशतको वृद्धि दर देखाएको छ । सम्पूर्ण आर्थिक वर्ष २०२३÷२४ मा भारतले वास्तविक जिडिपी वृद्धि दर ९.२ प्रतिशत रेकर्ड गरेको थियो । जुन विगत १२ वर्षमा उच्चतम वार्षिक वृद्धि दर थियो । 

    images
    images
    images

    कुल गार्हस्थ्य उत्पादन वृद्धि दर बढ्नुको एउटा प्रमुख कारक ग्रामीण कृषि उत्पादनको सुधार भएको जनाइएको छ । अनुकुल मनसुनले गर्दा मौसममा उब्जाइएका प्रमुख बालीहरूको उत्पादन बढेका कारण जिडिपी वृद्धि भएको उल्लेख गरिएको छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # जिडिपी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।