Logo

२०८३, आश्विन ९गते


images
images

न्यू नमुना देवदहमा अभिभावक अभिमुखीकरण

न्यू नमुना देवदहमा अभिभावक अभिमुखीकरण

images
  • न्यू नमुना देवदहमा अभिभावक अभिमुखीकरण
    images
    images

    देवदह । न्यू नमुना बोर्डिङ सेकेन्डरी स्कुल देवदह–९, भलुही रूपन्देहीले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार २ सय बढी अभिभावकको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    प्रशिक्षक रमेश अर्यालले अभिभावकहरुलाई असल अभिभावकको भूमिका बारे कार्यक्रममा उत्प्रेरणामुलक प्रशिक्षण दिएका थिए । असल अभिभावक कसरी बन्ने र घरमा कसरी विद्यार्थीहरुलाई असल अभिभावकत्व प्रदान गर्ने भन्ने विषयमा प्रशिक्षक अर्यालले सो अवसरमा जानकारी गराए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल चुरा बहादुर थापाले असल विद्यार्थी उत्पादनका लागि बिद्यालय र शिक्षक सङ्गै अभिभावकको पनि महत्वपूर्ण भूमिका हुने बताए । ‘पढाईको साथसाथ विद्यालय, शिक्षक तथा अविभावकको सम्बन्धलाई मजबुत बनाउन आवश्यक छ ।’ प्रिन्सिपल थापाले भने, ‘त्यसको लागि यस प्रकारको प्रशिक्षणमूलक अभिमुखिकरण कार्यक्रम जरुरी छ ।’  

    images
    images
    images


    सो अवसरमा अभिभावकहरूले आफूहरूलाई महत्वपूर्ण कार्यक्रममा सहभागी गराएकोमा खुसी व्यक्त गरे । आफूहरुले कार्यक्रम मार्फत नयाँ कुराहरू जान्न पाएको अभिभावकहरुले अभिभावकहरुले प्रतिक्रिया दिए ।


    विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत समेटिएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका सह प्राचार्य लक्ष्मी पुनको स्वागत र शिक्षक कृष्ण प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।