Logo

२०८३, कार्तिक २५गते


images
images

प्रि-मनसुनको सुरु, देशका विभिन्न भागमा वर्षा र हिमपात

प्रि-मनसुनको सुरु, देशका विभिन्न भागमा वर्षा र हिमपात

images
  • प्रि-मनसुनको सुरु, देशका विभिन्न भागमा वर्षा र हिमपात
    images

    काठमाडौ ।  देशका धेरै ठाउँमा हाल वर्षा भइरहेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे ।

    images
    images
    images

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको विजयपुरमा ७४.४ मिलिमिटर र नाग्ममा ७२ मिलिमिटर मापन गरिएको छ । अन्य स्थानहरूमा बाजुरामा २९.६, जुम्लामा ४७.७, तथा डडेल्धुरामा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

    images
    images
    images

    काठमाडौ उपत्यकासहित मुगु, हुम्ला, बैतडी, डोटी, डोल्पा, म्याग्दी, पाल्पा, नुवाकाेट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा पनि वर्षा भएको छ । तराई मधेशमा भने बिहान केही समय हुस्सु लाग्ने र दिउँसो हट्ने अनुमान गरिएको छ ।

    images
    images

    आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा अधिक बदली रहनेछ भने अन्य भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

    मौसमविद्हरूका अनुसार आजदेखि प्रि-मनसुनको सुरुवात भइसकेको छ । साथै, पश्चिमी प्रणालीको प्रभाव कायमै रहेकाले वर्षा र हिमपातको सम्भावना रहन्छ । यद्यपि, आज बेलुका आंशिक रूपमा मौसम खुल्नेछ भने भोलिदेखि पूर्ण रूपमा सफा हुने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।