Logo

२०८३, श्रावण २७गते


images
images

मगर संघ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण

मगर संघ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण

images
  • मगर संघ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण
    images
    images

    बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३औं मगर दिवसको अवसरमा विरामीहरुलाई स्वास्थलाभको कामना सहित फलफूल, जुस  र बिस्कुट वितरण गरेको छ । समितिका अध्यक्ष बसन्ती साठिघरे मगरको नेतृत्वमा मंगलवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फलफूल वितरण गरिएको हो । 

    images
    images
    images

    प्रादेशिक अस्पतालको अर्थो वार्ड र आकस्मिक कक्षमा रहेका एकसय जना बिरामीहरुलाई संघले स्वास्थ लाभको कामना सहित फलफूल वितरण गरेको हो । सो अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकाल, आकस्मिक कक्ष विभाग सह–इन्चार्ज इन्द्र राई, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेमगर, मगर संघकै बुटवल उपमहानगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकी, सह–सचिव खीमा राना लगायत संघका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images

     कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ढकालले परोपकारी कामका लागि नेपाल मगर संघ बुटवल उपमहानगरलाई धन्यवाद व्यक्त गरे । नेपाल मगर संघ बुटवल उपमहानगरले ४३औं मगर दिवसलाई विभिन्न कार्यक्रम सहित पाँच दिवसीय रुपमा मनाउने निर्णय गरेको थियो । सोहि बमोजिम यसअघि पत्रकारहरुसंग भेट्घाट, अन्तरक्रिया लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको अध्यक्ष साठिघरेले जानकारी दिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।