दूर देख्ने एउटा
तपस्वी खोज्न मन छ,
मलाई सहयोग गर्नु,
यो निवेदन छ—
नेपालको सबै कुरा प्रयोग गरेर,
मलाई नेपालमा महाकुम्भ गर्ने मन छ ।
विश्वकै पवित्र भूमि हो यो,
सिर्जनाको धरा
अध्यात्मको उज्यालो छ ।
हिमालको शिर छ, पहाडको हृदय,
तराईको अँगालो छ
गंगा बगाउने धर्ती छ, बुद्ध जन्माउने भूमि,
यहाँ महाकुम्भको महा मेला लगाउन मन छ ।
यहीँ त छ, ऋषिहरूको ध्यानस्थली,
यहीँ त छ, वेदको गुन्जन,
पवित्र नदिहरू, दिव्य धामहरू—
जनकपुर, पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ ।
विश्वभरका पर्यटनलाई एक दिन यो देशमा ल्याउन मन छ,
यी सबै ठाउँमा देशभर महाकुम्भ लगाउन छ ।
नेपाल समृद्ध छ,
नदिहरू मात्र जल होइन, ती सभ्यता हुन्,
पहाडहरू ढुंगा मात्र होइन, ती इतिहास हुन्,
वनहरू रूख मात्र होइन, ती सांस्कृतिक निधिहरू हुन् ।
यो मलाई थाहा छ,
एउटा तपस्वीलाई थाहा छ,
नेपाल सानो छैन,
नेपाल देस चेतना को उदगम स्थल हो,
दर्शन हो, अध्यात्म हो,
शक्ति हो, संस्कृति हो ।
यिनै सस्कृति समालेर सास्कृतिक कुम्भ मेला गर्न छ ।
कुण्डहरूमा कुम्भ गर्न सकिन्छ यहाँ,
महान मानवको जन्म स्थल हो यहाँ,
नेपाल आफैंमा एक तीर्थ हो,
हाम्रो सभ्यता नै एउटा महायात्रा हो ।
हरेक तीर्थहरूमा महाकुम्भ गर्न मन छ ।
नेपाल, अब बल्नु पर्छ,
उज्ज्यालो अनुहारहरूले
दूर देख्ने तपस्वीहरूले
हाम्रो नदिहरूमा आरती बालेर,
हाम्रो माटोलाई साक्षी राखेर
यो देशमा महाकुम्भ गर्न मन छ।
नेपालले फेरि एकपटक
संसारलाई देखाउन पर्ने छ
कि यहीँ छ सभ्यताको मुहान!
यहीँ छ विश्वको शान्तिको आगन,
यही आगनमा
विश्वको ध्यान केन्द्रित गर्न मन छ।
किनकी मलाई यो देशमा
महाकुम्भ गर्न मन छ।
लेखक : विष्णु पाठक
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology