Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली काँग्रेसद्वारा थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

नेपाली काँग्रेसद्वारा थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

images
  • नेपाली काँग्रेसद्वारा थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । 

    images
    images
    images

    महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

    images
    images
    images

    बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उनले   बताए  । करिब नौ लाख रहेका क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

    images
    images
    images

    पार्टीले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिवारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए  ।

    क्रियाशील सदस्यताको बाँकी विवाद चाडै टुङ्ग्याएर दशैँअघि सबै जिल्लाका पालिका स्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।