Logo

२०८३, श्रावण २७गते


images
images

देवदह मदरटङ्स् एकेडेमीमा मातृभाषा संरक्षणबारे अन्तरक्रिया

देवदह मदरटङ्स् एकेडेमीमा मातृभाषा संरक्षणबारे अन्तरक्रिया

images
  • देवदह मदरटङ्स् एकेडेमीमा मातृभाषा संरक्षणबारे अन्तरक्रिया
    images
    images

    देवदह ।  देवदह मदरटङ्स् एकेडेमीमा मातृभाषा संरक्षणबारे अन्तरक्रिया सम्पन्न भएको छ । हरेक बर्ष फेब्रुअरी २१ मनाइदै आइएको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा 'मातृभाषा संरक्षणमा स्थानीय सरकारको भूमिका र देवदह मदरटङ्स् एकेडेमीको योगदान' विषयक अन्तरक्रिया आयोजना गरिएको हो । 

    images
    images
    images

    अन्तरक्रियामा बोल्ने वक्ताहरुले मातृभाषा संरक्षणमा परिवार, समाज, सामाजिक तथा जातीय संघसंस्था र सरकार सबै जिम्मेवार हूनुपर्ने बताएका छन् । भाषा, भेषभूसा र संस्कृति देशको सम्पत्ति भएको उल्लेख गर्दै वक्ताहरुले मातृभाषा संरक्षणमा देवदह मदरटङ्स् एकेडेमीको योगदानको प्रशंसा गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले स्थानीय सरकार भाषा तथा विभिन्न जातजातिको पहिचानको संरक्षण र विकास गर्न प्रतिबद्ध रहेको बताए । "हामीले निरन्तर रुपमा लक्षित समुदायलाई आवश्यक बजेट विनियोजन गर्दै आएका छौं ।" उनले भने, "देवदहका सबै जाति, भाषा र समुदाय देवदहका सम्पत्ति हुन्, सबैको विकासको लागि हामीले भूमिका निर्वाह गर्छौं ।"

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख, नगर प्रवक्ता, भाषाविद तारा पोखरेल लगायतले मातृभाषाको संरक्षणमा समाज र सरकारको भूमिकाबारे चर्चा गरेका थिए । 

    भाषाविद विष्णु गुरुङद्वारा प्रस्तुत कार्यपत्रमाथि देवदहका विभिन्न संघसंस्थामा आबद्ध संघसंस्था र समुदायका प्रमुख तथा प्रतिनिधिहरुले विचार व्यक्त गरेका थिए ।        

    कार्यक्रममा विद्यालय सहयोग समितिका अध्यक्ष बसन्तराज दाहाल, विद्यालयका प्रबन्ध प्रमुख भिम गुरुङ, विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    देवदह मदरटङ्स् एकेडेमीमा वि सं २०५९ सालदेखि गुरुङ र मगर भाषा अध्यापन गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।