नन्दु यादव, पश्चिम नवलपरासी
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २०७८ असार १३ देखि भदौ २९ गतेसम्मको समयमा २ करोड ४९ लाख ४५ हजार २ सय ११ रुपैयाँ बराबरको राजस्व दाखिला गरेको छ । तस्तै १० जना फरार अभियुक्त लाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी राजु लामाले सेतोमसीलाई जानकारी दिए ।
२ करोड १३ लाख २९ हजार ४ सय ११ रुपैयाँ बराबरको हरियो मटर, कपडा, इलेक्ट्रोनिक सामान, साधनका पार्टपुर्जा चिनी लगायतको सामानहरू भन्सार तथा राजस्व विभागमा बुझाइएको छ । ३२ लाख ९० हजार स्रोत नखुलेका नगद सहितका २ जना ब्यक्तिलाई राजस्व कार्यालय पठाएको बताईएको छ ।
अवैध खोलामा उत्खनन गरिरहेका १५ वटा ट्रेक्टर र २ वटा जेसिबिलाई नियन्त्रण लिई ३ लाख ५ हजार बराबरको राजस्व सङ्कलन भएको अवैध काठ बाट २० हजार ८ सय मूल्य राजस्व दाखिला गरिएको बताईएको छ । यसै गरि ७ वटा लागूऔषध मुद्दा दर्ता गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology