देवदह । थाइल्याण्डबाट पैदल यात्रा सुरु गरेका ३५ जना धम्मयात्री भिक्षुहरु ४ सय ३६ किलोमिटर पैदल यात्रा गर्दै देवदह आएका छन् । नेपालमा पनि चार सय किलोमिटर पैदल यात्रा गर्ने लक्ष्य लिएका उनीहरुलाई देवदहमा स्वागत गरिएको छ ।
बुधवार पाल्पाको माथागढी हुँदै देवदहस्थित यशोधारा भिक्षुणी बिहारमा पुगेका धम्मयात्रीलाई देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रबक्ता गणेश डुम्रे लगायतले स्वागत गरे ।
नेपाल बुद्धको जन्मभुमि भएपनि बुद्धको बारेमा सबैलाई जानकारी नभएकोले बुद्धको सन्देश दिने गरी धम्मयात्रा शुरु गरिएको जनाइएको छ । धम्मयात्राका भिक्षुहरु नेपालको यात्रा पुरा भएपछि भारत जानेछन् । भारतमा पनि नेपालमा बुद्ध जन्मिएको विषय र बुद्धका सन्देशको प्रचार गर्ने उनीहरुले जनाएका छन् ।
धम्मयात्राका भिक्षुहरुले भगवान गौतम बुद्धको मावली देवदहमा एक रात बस्ने र यहाँ रहेका बुद्धसंग सम्बन्धित ठाउँहरुको अवलोकन गरि नवलपरासीको रामग्राम हुँदै लुम्बिनी जाने जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology