काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरे ।
बनभोजबाट फर्किएका विद्यार्थी चढेको बस दुर्घटनामा परी मृत्यु भएका विद्यार्थीहरुको विवरण भने सार्वजनिक भएको छैन ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर बस दुर्घटनामा परेको हो ।
सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology