Logo

२०८३, श्रावण २७गते


images
images

पाथीभरा केबलकार : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह

पाथीभरा केबलकार : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह

images
  • पाथीभरा केबलकार : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह
    images
    images

    काठमाडौं । सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विपक्षमा आन्दोलन गरिरहेका समूहलाई वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ । गृह मन्त्रालयले बुधवार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

    images
    images
    images


    गृह मन्त्रालयबाट गठित वार्ता टोली पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न स्थानीय समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता र संवाद गर्न सदैव तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।

    images
    images
    images


    सह–सचिवस्तरमा गठित टोलीले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न तोकिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुक्कुमलुङ पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता अनि संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले अनुरोध गरेको हो ।

    images
    images
    images


    वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै उक्त समूहले पुनः आन्दोलनको घोषणा गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।