Logo

२०८३, श्रावण २७गते


images
images

Gen Z प्रदर्शन

असोज मसान्तसम्म हतियार फिर्ता गरे सम्मान त्यसपछि कार्वाही

असोज मसान्तसम्म हतियार फिर्ता गरे सम्मान त्यसपछि कार्वाही

images
  • असोज मसान्तसम्म हतियार फिर्ता गरे सम्मान त्यसपछि कार्वाही
    images
    images

    काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लागेका हतियार फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै असोज मसान्तसम्म सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    साथै मन्त्रालयले असोज मसान्तपछि कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ । मन्त्रालयले भनेको छ:जेनजी पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाण्डौ लगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना कहीं कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा २०८२ असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध गरिन्छ ।

    images
    images
    images

    यसरी सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने समेत सबैमा अनुरोध छ । सो मिति पश्चात् कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।