Logo

२०८३, कार्तिक २४गते


images
images

सात अर्ब लागतमा कास्कीमा सिक्लेस अन्नपूर्ण केबुलकार बन्ने

सात अर्ब लागतमा कास्कीमा सिक्लेस अन्नपूर्ण केबुलकार बन्ने

images
  • सात अर्ब लागतमा कास्कीमा सिक्लेस अन्नपूर्ण केबुलकार बन्ने
    images

    राजेश पराजुली, पोखरा । कास्की मादी गाउँपालिकामा सिक्लेस अन्नपूर्ण केबुलकार बन्ने भएको छ । केबुलकारको तल्लो स्टेसन कास्की मादी गाउँपालिका–१ र माथिल्लो स्टेसन सोही गाउँपालिका–२ को कोरी डाँडामा रहने गरी करिब ७ अर्ब लागतमा केबुलकार बन्ने भएको हो ।

    images
    images
    images

    वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अनुसार यो आयोजनामा झन्डै तीन हजार ८०१ वटा रुख र बोट काट्नुपर्छ । केबलकार ६.४१ किलोमिटर लामो रहने गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँमा पर्यटकीय विकास हुने दाबी गरेको छ ।

    images
    images
    images

    यो केबलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ । केबुलकारमा ६० वटा बक्स रहने छन् भने एउटा बक्समा ८ जना बन्न मिल्ने प्रस्ताम गरिएको छ ।

    images
    images

    तल्लो स्टेसनबाट माथील्लो स्टेसन पुग्न २५ मिनेट समय लाग्ने छ । केबलकारका लागि ३० वटा टावर राखीने छ । निमार्णका लागि साढे तीन वर्ष लाग्ने अनुमान छ ।

    सरकारले निजी क्षेत्रको लगानीमा बन्ने सिक्लेस अन्नपूर्ण केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेको छ ।

    राष्ट्रिय योजना आयोगको २४ माघमा बसेको बैठकले आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने निर्णय गरेको हो ।

    केही दिन अगाडी सुचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकाल, सांसद मनबहादुर गुरुङले हेलिकप्टबाट त्यस क्षेत्रको अध्ययन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।