देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देवदह नगर कमिटिले जनयुद्ध दिवसमा रक्तदान गर्ने भएको छ । शनिबार बसेको पार्टीको बैठकले फागुन १ गते ३० औं जनयुद्ध दिवसको अवसरमा रक्तदान गर्ने निर्णय गरेको हो ।
देवदह-७ स्थित मिलनचोकमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी हुन रक्तदाताहरुलाई आह्वान गरिएको पार्टीका देवदह नगर अध्यक्ष दिपक न्यौपानेले जानकारी दिए ।
बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको र सन्ध्यामा सहिदहरुको सम्झनामा दिपावली गर्ने पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology