Logo

२०८३, आश्विन ९गते


images
images

मुम्बईलाई ७ विकेटले हराउदै कोलकाताको सानदार जित

मुम्बईलाई ७ विकेटले हराउदै कोलकाताको सानदार जित

images
  • मुम्बईलाई ७ विकेटले हराउदै कोलकाताको सानदार जित
    images
    images

     

    images
    images
    images

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियनलाई ७ विकेटले हराउदै शानदार जित निकालेको हो । शेख ज्यायद क्रिकेट स्टेडियम दुबईमा गएराती भएको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

    images
    images
    images

    मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । जितका लागि दिएको १५६ रनको लक्ष्य कोलकताले १५ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर १५९ रन बनायो । कोलकाताका लागि राहुल त्रिपाठीले ७४ रन बनाए, भेन्कटेस यैरले ५३ रन बनाए भने लागि सुभमन गिलले १३ रन र आइन मोर्गानले ७ रन बनाए । बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहले तीन विकेट लिए ।

    images
    images
    images

    उता मुम्बईका लागि क्विइन्टन डी ककले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५५ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ३३ रन बनाएका थिए । काइरन पोलार्डले २१ रन बनाउँदा इशन किसनले १४ रनको योगदान गरे । त्यस्तै कुर्नाल पाड्याले १२ रन मात्रै जोडे । बलिङतर्फ कोलकाताका लकि फर्गुसन र प्रशिद्ध कृष्णले समान दुई–दुई विकेट लिए । सुनिल नारायणले एक विकेट लिए ।

    जितसँगै कोलकाता ९ खेलबाट ८ अंक जोडेर अंक तालिकामा चौथो स्थानमा छ । समान खेल खेलेको मुम्बई ८ अंक जोडेर एक स्थान तल झर्दै छैटौं स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।