Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

कांग्रेस एकढिक्का भए यही निर्वाचन प्रणालीमा बहुमत ल्याउछ : देउवा

कांग्रेस एकढिक्का भए यही निर्वाचन प्रणालीमा बहुमत ल्याउछ : देउवा

images
  • कांग्रेस एकढिक्का भए यही निर्वाचन प्रणालीमा बहुमत ल्याउछ : देउवा
    images
    images

    पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् । तर, पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले सहज नभए पनि असम्भव नभएको बताए।

    images
    images
    images

    ‘यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज छैन । तै पनि पार्टी एक भएर हिँडे, मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ,’ पार्टीभित्र क्रियाशील विभिन्न समूहहरूतर्फ संकेत गर्दै सभापति देउवाले भने, ‘पार्टीका सबै नेताहरू लागेर पार्टीलाई त्यही दिशामा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

    images
    images
    images

    उनले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने दोहोर्‍याए ।

    ‘देशको संविधान, देशको राजनीति समावेशी समानुपातिक व्यवस्थामा आधारित छ । सबैको प्रतिनिधित्व संविधानले गरेको छ । यो व्यवस्था हामीले लडेर ल्याएको हो । तर, आउँदा दिन चुनौतिपूर्ण छन् । संघीय प्रणाली, समावेशी व्यवस्था सदृढ गर्न पनि पार्टीभित्र एकता चाहिएको छ,’ देउवाले भने ।

    नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।