Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा ५५ किलोको बोका चोरी

देवदहमा ५५ किलोको बोका चोरी

images
  • देवदहमा ५५ किलोको बोका चोरी
    सांकेतिक तस्विर
    images
    images

    देवदह । देवदहमा बोका चोरी भएको छ । गयराती देवदह-६ ज्योतिनगरबाट स्थानीय किसान नरबहादुर रानाले पालेको ५५ किलोको बोका खोरबाटै चोरी हो ।  

    images
    images
    images

    मोटरसाइकल, स्कुटर जस्ता साधनहरु चोरी हुँदै आएको देवदहमा पछिल्लो समय किसानले पालेको बोका खोरबाटै चोरी भएपछि सुरक्षा चुनौती थपिएको किसानको भनाई छ । "खोरबाटै बोका र बस्तुभाउ चोरी हुनु सामान्य विषय होइन ।"  नरबहादुरका दाजु मिलन मास्की रानाले भने, "सुरक्षा चुनौती देखियो, सबै सजग नभए समस्या विकराल हुने देखिन्छ ।" 

    images
    images
    images

    बोका चोरीबारे अनुसन्धान भैरहेको प्रहरी चौकी खैरेनीले जनाएको छ । प्रहरी इन्स्पेक्टर एक्कबहादुर नेपालीले भने, "अनुसन्धान जारी छ । सिसिटिभी क्यामराको अनुसन्धान गरिरहेका छौ । प्रहरी छिट्टै निष्कर्षमा पुग्छ ।"  उनले सबैलाई सजग हुन र सुरक्षामा ध्यान दिन समेत आग्रह गरे । 

    images
    images
    images

    अनुसन्धानले ज्योति नगरबाट राती २:०९ चोरी भएको बोका सानाकिसान सहकारीसम्म ल्याएको सिसिटिभी क्यामरामा देखिएपनि त्यहाँबाट कता गयो भन्ने खोजिभइरहेको प्रहरीले जनाएको छ । 

    देवदहबाट घर अघि राखेका कलश लगायतका सामग्री चोरी हुँदै आएकोमा चोरहरु बोका लगायतका बस्तुभाउ चोरी गर्नतर्फ लागेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # बोका चोरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।