एजेन्सी । कोरोनाका कारण रोकिएर गत आइतबार बाट फेरि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्सविरुद्ध रोमान्चक तरिकाले जित निकालेको छ ।
दुबईमा भएको खेलमा राजस्थानले पञ्जाबमाथि २ रनको रोमाञ्चक जित हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सबै विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले २० ओभर पुरै खेलेपनि ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनायो लक्ष्य भेट्न सकेन ।
राजस्थानका लागि यजस्वी जयसवालले ४९, महिपाल लोम्रोरले ४३ र इभिन लुईसले ३६ रन जोडे । पञ्जाबका अर्शदिप सिंहले ५ विकेट हात पार्दा, मोहम्मद शामीले ३, इशन पोरेल र हरप्रित ब्रारले समान १–१ विकेट हात पारे । यस्तै पञ्जाबका लागि मायांक अग्रवालले ६७ रन बनाउदै अर्धशतकीय पारी खेले भने कप्तान केएल राहुलले ४९, निकोलस पुरणले ३२ रन र एडिन माक्रमले अविजित २६ रन बनाए ।
बलिङतर्फ राजस्थानका कार्तिक त्यागीले २ तथा चेतन साकरिया र राहुल तेवाटियाले एक एक विकेट लिए । यो जित संगै चार खेल जितेको राजस्थान ८ अंक सहित पाँचौं स्थानमा उक्लेको छ भने ९ खेल खेलेको पञ्जाव ६ अंकसहित सातौं स्थानमा छ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology