तिलोत्तमा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले सल्लाहकार नियुक्त गरेको छ । १६औँ अधिवेशनबाट निर्वाचित समितिको मंगलबार सम्पन्न प्रथम बैठकले प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष अनन्तराम शर्मालाई नियुक्त गरेको छ ।
बैठकले डा. दामोदर भुषाल, बाबुराम खनाल, गम्भिर गुरुङ तथा एकनाराण काफ्ले लगायतलाई सल्लाहकारमा नियुक्त गरेको छ भने प्रेस सल्लाहकारमा पत्रकार प्रकाश पाण्डे र कानुनी सल्लाहकारमा गोविन्द मरासिनीलाई नियुक्त गरेको छ ।
यसैबीच यही माघ १६ गते हुने प्याब्सन लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीमा गर्ने गरि तयारी भैरहेको प्याब्सनले जनाएको छ । प्रदेश अधिवेशनका लागि अध्यक्ष पदमा लेखनाथ पौडेलको नाम चर्चामा छ भने अन्य आकांक्षी पनि उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ ।
प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय कमिटी उपाध्यक्ष विष्णु पन्थी, प्रदेश अध्यक्ष लालहरी पाण्डे लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology