Logo

२०८३, श्रावण २७गते


images
images

प्रधानमन्त्री कप क्रिकेट : कोशीले बागमतीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेट : कोशीले बागमतीलाई हरायो

images
  • प्रधानमन्त्री कप क्रिकेट : कोशीले बागमतीलाई हरायो
    images
    images

    बैतडी । यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद सुरुआत गरेको छ । 

    images
    images
    images

    खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो । 

    images
    images
    images

    बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् ।  कोशीका लागि कप्तान रूबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई/दुई विकेट लिए । 

    images
    images
    images

    फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो । उसका विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रनको योगदान दिइन् । 

    बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन् । मनिशा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

    कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् । 

    समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन् । यही माघ १ गतेदेखि सुरू प्रतियोगितामा नौ टोलीको सहभागिता छ ।

    प्रतियोगिताको उपाधि विजेताले पाँच लाख रुपैयाँ, दोस्रो हुनेले तीन लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई ५० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई  २५/२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।