Logo

२०८३, श्रावण २७गते


images
images

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग एपिएफ क्लब विजयी

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग एपिएफ क्लब विजयी

images
  • प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग एपिएफ क्लब विजयी
    images
    images

    भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कपमा एपिएफले लुम्बिनीलाई सात विकेटले पराजित गरेको छ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितका लागि एक सय ३३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २२ ओभर तीन बलमा तीन विकेटको नोक्सानी सहज जित निकालेको हो। जितसँगै एपिएफ ६ खेलमा ६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ।

    images
    images
    images

    प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको पाँच विकेटको मद्दतमा नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको हो।

    images
    images
    images

    एपिएफका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ५२ रन जोडेका थिए। रोहितले यसअघि आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए। पछिल्लो पाँचमध्ये चार खेलमा उनले अर्धशतक बनाए। 

    यस्तै, एपिएफका पुरण विक ५७ बलमा दुई चौका र एक छक्कासहित ३३ रनमा नटआउट रहे भने अमरसिंह रौतेलाले दुई बलमा विजयी छक्कासहित आठ रन जोडे। एपिएफले ओपनर लोकेश बमलाई पाँचौँ ओभरको पहिलो बलमा गुमाएको थियो। 

    १४ बलमा दुई चौका र एक छक्कासहित उनले १६ रन जोडे। अर्का ओपनर प्रज्ज्वल शाही १५ बलमा एक चौकासहित पाँच रनमा आउट भए। बलिङमा लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इकलाख अहमदले समान एक–एक विकेट लिए।

    यसअघि बायाँहाते स्पिनर रमेश कुर्मीले पाँच विकेट लिएपछि एपिएफले लुम्बिनी प्रदेशलाई एक सय ३३ रनको सामान्य योगफलमा अलआउट गर्न सफल भएको थियो। टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको थियो। 

    लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए। उनले ४२ बलमा पाँच चौका प्रहार गरेर नटआउट रहे। ओपनर मिर्नाल गुरुङले ३४, विराट भण्डारीले २३, प्रज्वल थापाले ११ रन बनाए पनि पछिल्ला क्रमका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन्। 

    एपिएफका लागि रमेशले १० ओभरमा दुई मेडनसहित २९ रन खर्चेर पाँच विकेट लिए। भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौसम ढकालले समान एक–एक विकेट हात पारे । रमेश कुर्मी प्लेयर अफ दी म्याच घोषित भए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।