Logo

२०८३, कार्तिक २५गते


images
images

आजको मौसम : पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

आजको मौसम : पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

images
  • आजको मौसम : पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही प्रभावका कारण आज आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

    images
    images
    images

    पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु लागेको छ। 

    images
    images
    images

    आज दिनभर कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

    images
    images

    पहाडी क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । तराई क्षेत्रमा भने साधारणतया बदली मात्रै रहने सम्भावना छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।