देवदह । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसँगै स्थानीय पालिकाहरूले न्यानो कपडा वितरण सुरु गरेका छन् । रुपन्देहीमा गत मङ्गलवार देखी अत्यधिक मात्रामा चिसो बढेको भन्दै न्यानो कपडा वितरण गरिएको हो ।
चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ वर्ष माथिका नागरिक र अति अशक्त नागरिकलाई घरदैलोमै पुगेर न्यानो कपडा वितरण गरेको गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
‘सबैजसो वडामा पुगेर वृद्ध वृद्धा र आसक्त हरूलाई कम्मल वितरण गरिएको छ ।’ अध्यक्ष घिमिरेले भने, ‘जाडोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्नेमा गाउँपालिका सचेत छ ।’
चिसोका कारण मजदुरी गरेर जिविको चलाउनेहरू, बालबालिका र वृद्धवृद्धालाइ बढी मात्रामा समस्या पर्ने गरेको छ । तथापि शुक्रवार यस क्षेत्रमा घाम लागेका कारण जनजीवन केही सहज बनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology