Logo

२०८३, आश्विन १२गते


images
images

तिब्बतमा भूकम्पपछि एक हजार दुई सय ११ परकम्पन

तिब्बतमा भूकम्पपछि एक हजार दुई सय ११ परकम्पन

images
  • तिब्बतमा भूकम्पपछि एक हजार दुई सय ११ परकम्पन
    images
    images

    काठमाडौं । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम्म कूल एक हजार दुई सय ११ वटा परकम्पन पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

    images
    images
    images

    चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

    images
    images
    images

    भूकम्पका कारण एक सय २६ जनाको मृत्यु हुनुका साथै एक सय ८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।

    images
    images
    images

    क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।